
बेलायतको सबैभन्दा ठूलो गुप्तचर निकाय जीसीएचक्यूका अनुसार, २०२२ मा शुरू भएको युक्रेन युद्धमा लगभग पाँच लाख रूसी सैनिक मारिएका छन्।
एजेन्सीले युक्रेनमा पूर्ण-स्तरीय आक्रमणपछि पाँच लाख रूसी सैनिक मारिएको बताएको बीबीसीले जनाएको छ ।
जीसीएचक्यूका निर्देशक एन किस्ट-बटलरले आफ्नो पहिलो सार्वजनिक भाषणमा यी तथ्याङ्कहरू साझा गरेको समाचारमा उल्लेख छ ।
उनले क्रेमलिनले बेलायती भूमिमा धेरै जासुसी षड्यन्त्रहरू पछाडि रहेको र हालैका वर्षहरूमा बेलायतसहित अन्य नाटोदेशहरूविरुद्ध अघोषित हाइब्रिड युद्ध गरिरहेको उनको आरोप छ ।
रूस र युक्रेन दुवैले समय-समयमा एकअर्काको सैन्य क्षतिको तथ्याङ्क जारी गरेका छन्, तर आफ्नै क्षतिबारे विस्तृत जानकारी प्रदान गर्नबाट टाढा रहेका छन्।
यद्यपि, फेब्रुअरीमा, युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले भने कि २०२२ देखि ५५ हजार युक्रेनी सैनिक मारिएका छन् ।