२६ जेठ २०८३, मंगलबार

एमाले लुम्बिनीको प्रमुख सचेतकमा यमुना र सचेतकमा नवराज

जेठ २५, २०८३
बुटवल
एमाले लुम्बिनीको प्रमुख सचेतकमा यमुना र सचेतकमा नवराज

नेकपा एमाले लुम्बिनी प्रदेशसभाको प्रमुख सचेतकमा यमुना रोका मगर र सचेतकमा नवराज लामिछाने नियुक्त भएका छन् । 

लुम्बिनी प्रदेशका मुख्यमन्त्री एवं एमाले संसदीय दलका नेता चेतनारायण आचार्यले एमाले लुम्बिनी प्रदेशसभाको विधान अनुसार प्रमुख सचेतकमा रोल्पाकी रोका मगर र सचेतकमा कपिलवस्तुका लामिछानेलाई नियुक्त गरेका हुन् । 

दुवै जनालाई आज सोमबारदेखि लागू हुनेगरी नियुक्त गरिएको हो । यसअघि प्रमुख सचेतकमा रुपन्देहीका तुलसीप्रसाद चौधरी र सचेतकमा यमुना थिए  । 

चौधरीले सोमबार नै कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री नियुक्त भएका छन् । त्यसपछि रोका मगर प्रमुख सचेतकमा बढुवा भएकी हुन् भने रिक्त सचेतक पदमा लामिछानेलाई नियुक्त गरिएको हो ।

salt training

कमेन्ट गर्नुहोस्