१९ असार २०८३, शुक्रबार

टेलिकमको गणतन्त्र दिवस अनलिमिटेड अफर- ६९९ मा ३०० जीबी र ४९९ मा १५० जीबी डेटा

जेठ १४, २०८३
काठमाडौं
टेलिकमको गणतन्त्र दिवस अनलिमिटेड अफर- ६९९ मा ३०० जीबी र ४९९ मा १५० जीबी डेटा

नेपाल टेलिकमले आफ्ना प्रिपेड तथा पोस्टपेड मोबाइलका ग्राहकलाई गणतन्त्र दिवस अफर २०८३ उपलब्ध गराउने भएको छ । अफरअन्तर्गत अनलिमिटेड लाइट र अनलिमिटेड प्रो गरी दुई प्रकारका प्याकेज उपलब्ध हुनेछन् ।

अनलिमिटेड लाइटअन्तर्गत ४९९ रुपैयाँमा प्रतिदिन ५ जीबी डाटा उपलब्ध हुनेछ र ५ जीबीको लिमिट पूरा भएपछि पनि बाँकी समय २ एमबीपीएस स्पिडमा अनलिमिटेड डेटा प्रयोग गर्न सकिने छ ।
त्यसैगरी प्रो प्याकअन्तर्गत ६९९ मा प्रतिदिन १० जीबी डेटा उपलब्ध हुनेछ भने १० जीबीको लिमिट पूरा भएपछि पनि बाँकी समय ३ एमबीपीएस स्पिडमा अनलिमिटेड डाटा प्रयोग गर्न सकिने छ ।

दुवै प्याकेज चलाउन सकिने समयावधि ३० दिनको हुनेछ । भोलि (१४ जेठ) देखि आगामी १६ जेठसम्म अफर अन्तर्गतको प्याकेज खरिद गर्न सकिने टेलिकमले जनाएको छ । पोस्टपेड मोबाइल प्रयोगकर्ताले लिएको प्याकेजको शुल्क मासिक रेन्टल चार्जमै समावेश हुने कम्पनीले जनाएको छ ।

गणतन्त्र दिवस अफर २०८३ प्राप्त गर्न मोबाइलबाट जेठ १४ देखि १६ गतेसम्म *1415*11# डायल गर्नुपर्ने छ । त्यसैगरी नेपाल टेलिकम एपबाट समेत सो प्याकेज खरिद गर्न सकिने छ ।

salt training

कमेन्ट गर्नुहोस्