२३ जेठ २०८३, शनिबार

२० वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा जाजरकोटमा एक जना पक्राउ

जेठ १४, २०८३
काठमाडौं
२० वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा जाजरकोटमा एक जना पक्राउ

२० वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा जाजरकोटमा एक जना पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा भेरी नगरपालिका-१३ बस्ने ३२ वर्षीय खिमराज बटाला रहेका छन् । उनलाई प्रहरीले बुधबार दिउँसो पक्राउ गरेको हो ।

खिमराजले ती युवतीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय जगतीपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।  
 

salt training

कमेन्ट गर्नुहोस्