२४ जेठ २०८३, आइतबार

‘रोड टु युएफसी’को सेमिफाइनलमा पुगे रवीन्द्र ढाँट

जेठ १४, २०८३
काठमाडौं
‘रोड टु युएफसी’को सेमिफाइनलमा पुगे रवीन्द्र ढाँट

नेपालका रवीन्द्र ढाँट यूएफसीको छनोट प्रतियोगिता रोड टु यूएफसीको सेमिफाइनलमा प्रवेश गरेका छन् । 

बिहीबार भएको क्‍वाटरफाइनलमा फिलिपिन्सका किम्बर्ट अलिन्टोजोनलाई हराउँदै रवीन्द्र यूएफसी सिजन ५ को सेमिफाइनलमा पुगेका हुन् ।

मिक्स मार्सल आर्ट्स (एमएमए) खेलाडी रवीन्द्रले शुरूमा  म्याट्टी इयानसँग खेल्ने तय थियो । तर म्याट्टी घाइते भएपछि उनलाई फिलिपिन्सका किम्बर्ट अलिन्टोजोनले रिप्लेस गरेका थिए ।

ब्यान्टमवेटमा प्रतिस्पर्धा गरिरहेका रवीन्द्रले यस तौल समूहमा विजेता बने यूएफसीको मुख्य स्टेजमा छनोट हुनेछन् ।

रवीन्द्रले गत वर्ष भारतको ग्रेटर नोइडामा भएको मेट्रिक्स फाइट नाइट १७ मा भारतका चुङरेन कवरेनलाई नकआउट गर्दै टाइटल जितेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्