२९ जेठ २०८३, शुक्रबार

देशैभर वर्षा : तराईको गर्मीबाट हल्का राहत, केही क्षेत्रमा राति फेरि ठूलो पानी पर्ने

जेठ १५, २०८३
काठमाडौं
देशैभर वर्षा : तराईको गर्मीबाट हल्का राहत, केही क्षेत्रमा राति फेरि ठूलो पानी पर्ने

हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायुका साथै देशको पूर्वी भूभागनजिक रहेको न्यूनचापीय क्षेत्रको संयुक्त प्रभाव देखिएको छ । जसका कारण गएरातिदेखि नै देशका धेरैजसो स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा भइरहेको छ। केही दिनदेखि अत्यधिक गर्मी खेपिरहेका तराई र पहाडी क्षेत्रका नागरिकले यो मौसम परिवर्तनसँगै ठूलो राहत महसुस गरेका छन्।

वर्षासँगै पश्चिम तराईमा देखिएको अत्यधिक गर्मी कही घटेको छ । यो मौसमी प्रणाली आगामी सोमबारसम्म सक्रिय रहने भएकाले अबको तीन/चार दिन देशैभर शीतल महसुस हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार यसको प्रभाव सुदूरपश्चिम, कर्णाली र लुम्बिनीसँगै गण्डकी, कोशी र मधेशमा पनि प्रष्ट देखिने 

आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमलगायत बाँकी हिमाली र पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र उच्च हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको छ । यस्तै मधेश, कोशी र वाग्मतीका तराई भूभागका एक-दुई स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।

मौसमविद् विनोद पोखरेलका अनुसार आज देशका केही भागमा भारी वर्षाको रिपोर्ट गरिएको छ र दिउँसो थप वर्षा हुने अनुमान छ। बिहान पानी पर्ने क्रम केही कम भए पनि आज राति फेरि केही क्षेत्रमा भारी वर्षा हुने सम्भावना बलियो छ।

यसका साथै सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका तराई र पहाडी भूभागका थोरै स्थानमा तीव्र गतिमा हावाहुरी चल्ने सम्भावना रहेकाले विशेष सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । 

आज राति पनि मौसम पूर्ण रूपमा सफा हुने देखिँदैन । राति सुदूरपश्चिम, लुम्बिनी, कर्णाली, वाग्मती, गण्डकी र कोशीका हिमाली र पहाडी भूभागका थोरै स्थानमा तथा मधेश, कोशी, वाग्मती र गण्डकीका तराई भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना यथावत् रहनेछ।

salt training

कमेन्ट गर्नुहोस्