३२ असार २०८३, बिहीबार

मनाङको थोँचेमा ५ शय्याको अस्पताल बन्ने

जेठ १५, २०८३
मनाङ
मनाङको थोँचेमा ५ शय्याको अस्पताल बन्ने
फाइल फोटो

भारत सरकारको सहयोगमा नासोँ गाउँपालिका–५ थोँचेमा पाँच शय्याको अस्पताल भवन निर्माण हुने भएको छ ।

बिहीबार थोँचेमा आयोजित एक सङ्क्षिप्त कार्यक्रममा काठमाडौंस्थित भारतीय दूतावासका उपप्रमुख राकेश पाण्डे र नासोँ गाउँपालिकाका अध्यक्ष धनबहादुर गुरुङले संयुक्त रूपमा शिलान्यास गरे ।

अस्पताल भवन निर्माणका निम्ति छ करोड ६७ लाख ९६ हजार ९३३ विनियोजन गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनुप पौडेलले जानकारी दिए ।

भवन निर्माणमा कुल लागतको पाँच प्रतिशत रकम पालिकाले बेहोर्ने छ ।

भवनमा बहिरङ्ग विभाग, प्रयोगशाला, फार्मेसी, एक्स–रे विभागलगायत बनाइने छ ।

salt training

कमेन्ट गर्नुहोस्