
सरकारले गैरआवासीय नेपालीलाई नेपालको शेयर बजारमा लगानी गर्ने वातावरण बनाउन कानूनी सुधार गर्ने घोषणा गरेको छ ।
प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री स्वर्णिम वाग्लेले गैरआवासीय नेपालीको लगानी आकर्षित गर्न आवश्यक कानुनी व्यवस्था परिमार्जन गरिने बताएका हुन् ।
नेपालको पुँजी बजारमा यो विषयलाई निकै लामो समयदेखि मुख्य मागका रूपमा अगाडि बढाइँदै आएको थियो ।
सरकारले अब एनआरएनले सहज ढंगले लगानी गर्न सक्ने व्यवस्था गर्ने भएको हो ।