३० जेठ २०८३, शनिबार

बुटवल-नारायणगढ सडक छिटै सम्पन्न गरिने, सिद्धार्थ राजमार्गको स्तरोन्नति अघि बढाइने

जेठ १५, २०८३
बुटवल
बुटवल-नारायणगढ सडक छिटै सम्पन्न गरिने, सिद्धार्थ राजमार्गको स्तरोन्नति अघि बढाइने

सरकारले पूर्व–पश्चिम राजमार्गमा पर्ने बुटवल–नारायणगढ सडक खण्डको निर्माण कार्य छिटै सम्पन्न गर्ने भएको छ। आर्थिक वर्ष २०८३/०८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यो सडक खण्डको काम शीघ्र सम्पन्न गर्ने घोषणा गरेका हुन्। 

कुल ११४ किलोमिटर लम्बाइ रहेको यो सडक खण्डको भौतिक प्रगति हालसम्म ९१ प्रतिशत पुगिसकेको छ।

यसै गरी, सरकारले पोखरादेखि बुटवल खण्डमा पर्ने सिद्धार्थ राजमार्गको स्तरोन्नतिको कामलाई पनि शीघ्र अगाडि बढाउने घोषणा गरेको छ। 
बजेट भाषणका क्रममा अर्थमन्त्री डा. वाग्लेले सिद्धार्थ राजमार्गको अन्तर्राष्ट्रिय रूपान्तरण सुरु गरिने बताए। 

यस रूपान्तरणमार्फत कालीगण्डकीको उद्गम सभ्यताले तीर्थाटन स्वच्छ उद्यम केन्द्रित 'गण्डकी चतुर्भुज' बनाइने सरकारको योजना रहेको छ।

salt training

कमेन्ट गर्नुहोस्