
सरकारले राष्ट्रिय विद्यालय नक्सांकन र शैक्षिक पूर्वाधार अडिट गर्ने घोषणा गरेको छ ।
प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा शुक्रबार आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री स्वर्णिम वाग्लेले शिक्षक क्षमता परीक्षण सञ्चालन गरिने बताएका हुन् ।
सरकारले नवप्रवर्तन तथा सीप केन्द्रित शिक्षालाई प्राथमिकता दिने पनि जनाएको छ । साथै, शैक्षिक पूर्वाधार निर्माणमा अभिभावकीय सहयोग स्वीकार गर्ने व्यवस्था गर्ने घोषणा पनि गरिएको छ ।
सबै शैक्षिक संस्थामा सफा शौचालयको व्यवस्था गरिने पनि बजेटमा उल्लेख गरिएको छ ।