
सरकारले नेपाल स्टक एक्सचेन्जको पुनर्संरचना गर्ने घोषणा गरेको छ ।
प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री स्वर्णिम वाग्लेले नेपालको शेयर बजारमा इन्ट्राडे कारोबार, सर्ट सेलिङ र डेरिभेटिभ उपकरणको चरणबद्ध शुरूआत गरिने जानकारी दिए ।
शेयर बजारमा इनसाइडर कारोबारजस्ता गतिविधिप्रति शून्य सहनशीलताको नीति अपनाइने पनि बजेटमार्फत घोषणा गरिएको छ ।