३२ असार २०८३, बिहीबार

सुनकोशी–मरिण डाइभर्सन निर्माणका लागि पुनः ठेक्का लगाएर निर्माण कार्य शुरू गरिने

जेठ १५, २०८३
काठमाडौं
सुनकोशी–मरिण डाइभर्सन निर्माणका लागि पुनः ठेक्का लगाएर निर्माण कार्य शुरू गरिने

सरकारले सुनकोशी–मरिण डाइभर्सन आयोजनाको बाँध र विद्युतगृह निर्माणका लागि पुनः ठेक्का लगाएर चार वर्षभित्र सम्पन्न गर्नेगरी निर्माण कार्य शुरू गरिने घोषणा गरेको छ । 

संघीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा आर्थिक वर्ष २०८३र०८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री अर्थमन्त्री स्वर्णिम वाग्लेले उक्त आयोजनाका लागि चालु आर्थिक वर्षमा दुई अर्ब ९८ करोड रुपैयाँ विनियोजन गरिएको जानकारी दिए । 

त्यसैगरी, बागमती सिँचाइ आयोजनाको स्तरोन्नति गरी सुनकोशी–मरिण डाइभर्सन आयोजनाबाट थप हुने पानी उपयोग गर्ने योजना सरकारले अघि बढाएको छ।

बजेट वक्तव्यअनुसार बारा, रौतहट, सर्लाही, महोत्तरी र धनुषा जिल्लाका एक लाख २२ हजार हेक्टर खेतीयोग्य जमिनमा सिँचाइ सुविधा विस्तार गर्न ५३ करोड रुपैयाँ छुट्याइएको छ।

salt training

कमेन्ट गर्नुहोस्