२० असार २०८३, शनिबार

डिजिटल भुक्तानीमार्फत् खरिद गर्दा भ्याटको १० प्रतिशत रकम तत्काल फिर्ता हुने

जेठ १५, २०८३
काठमाडौं
डिजिटल भुक्तानीमार्फत् खरिद गर्दा भ्याटको १० प्रतिशत रकम तत्काल फिर्ता हुने

सरकारले डिजिटल भुक्तानीमार्फत् वस्तु तथा सेवा खरिद गर्ने उपभोक्तालाई मूल्य अभिवृद्धि कर (भ्याट)को १० प्रतिशत रकम बिजक जारी भएकै समयमा फिर्ता हुने व्यवस्था कार्यान्वयन गर्ने घोषणा गरेको छ ।

संघीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा शुक्रबार आर्थिक वर्ष २०८३/०८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यसअघि नै व्यवस्था गरिए पनि कार्यान्वयनमा आउन नसकेको भ्याट फिर्ता प्रणालीलाई आगामी वर्षदेखि लागू गरिने बताएका हुन् ।

अर्थमन्त्री वाग्लेका अनुसार डिजिटल भुक्तानीको माध्यमबाट उपभोक्ताले खरिद गर्दा बिजक जारी भएकै समयमा भ्याटको १० प्रतिशत छुट प्राप्त गर्ने व्यवस्था लागू गरिनेछ ।

सरकारले २०७६ सालमै भ्याट फिर्ताको व्यवस्था गरेको भए पनि हालसम्म कार्यान्वयन हुन सकेको थिएन । आगामी आर्थिक वर्षको बजेटमार्फत उक्त व्यवस्थालाई तत्काल फिर्ता हुने प्रणालीसहित कार्यान्वयनमा ल्याइने घोषणा गरिएको हो ।

salt training

कमेन्ट गर्नुहोस्