२८ असार २०८३, आइतबार

सरकारले ल्यायो साढे ६ खर्ब बढी घाटाको बजेट

जेठ १५, २०८३
काठमाडौं
सरकारले ल्यायो साढे ६ खर्ब बढी घाटाको बजेट

सरकारले आगामी आर्थिक वर्षका लागि २५ प्रतिशत बजेटको आकार बढाएर ल्याए पनि साढे ६ अर्ब बढीको घाटा रहेको छ ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार अगामी आर्थिक वर्ष २०८३/८४ का लागि २१ खर्ब २४ अर्ब ३४ करोडको बजेट ल्याएका हुन् ।

जुन अघिल्लो चालु आर्थिक वर्षको बजेटको तुलनामा २५ प्रतिशतले बढी हो ।

गत वर्ष तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत गरेका थिए ।

अर्थमन्त्री वाग्लेले खर्चको स्रोत व्यहोर्ने स्रोततर्फ राजस्वबाट १४ खर्ब ५ अर्ब ३१ करोड रुपैयाँ व्यवस्थापन गर्ने बताएका छन् ।

यसका अलावा सरकारले वैदेशिक अनुदानबाट ६१ अर्ब ७४ करोड व्यहोर्ने बताएको छ । अनुदान र राजस्व जोड्दा १४ खर्ब ६७ अर्ब ५ करोड मात्रै हुन्छ । ६ खर्ब ५७ अर्ब २९ करोड सरकार घाटामा छ ।

उक्त घाटा पूर्ति गर्न सरकारले वैदेशिक ऋणबाट २ खर्ब ४७ अर्ब २८ करोड लिने सरकारले बताएको छ ।

यसका साथै ४ खर्ब १० अर्ब आन्तरिक ऋणबाट उठाउने उल्लेख गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्