२२ जेठ २०८३, शुक्रबार

बालेन सरकारले ल्याएका बजेटका प्रमुख हाइलाइट्स [सूचीसहित]

जेठ १५, २०८३
काठमाडौं
बालेन सरकारले ल्याएका बजेटका प्रमुख हाइलाइट्स [सूचीसहित]

वालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारले आगामी आर्थिक वर्षका लागि २५ प्रतिशत बजेटको आकार बढाएर ल्याएको छ । 

शुक्रबार संघीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अगामी आर्थिक वर्ष २०८३/८४ का लागि २१ खर्ब २४ अर्ब ३४ करोडको बजेट प्रस्तुत गरे ।

जुन अघिल्लो चालु आर्थिक वर्षको बजेटको तुलनामा २५ प्रतिशतले बढी हो । गत वर्ष तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत गरेका थिए । 

अर्थमन्त्रीले ठूला पर्वाधारदेखि आममानिसको जनजीवनमा परिवर्तन ल्याउने बजेट घोषणा गरिएको छ । 

आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटका प्रमुख हाइलाइटहरू : 

-सरकारले विशाल बजार कम्पनीको सेयर सर्वसाधारणलाई बिक्री गर्ने घोषणा गरेको छ । 

-नेपाल टेलिकममा ६६ प्रतिशत संघीय सरकारको सेयर कायम राखी बाँकी सेयर पुस मसान्तभित्र जनस्तरमा बिक्री गर्ने प्राप्त रकम नेपाललाई  टेक हब बनाउन प्रयोग गर्ने । 

–व्यक्तिगत आयकर छुट सीमा दोब्बर गरी १० लाख रूपैयाँ पुर्‍याइएको छ । जुन ५ लाख रहेको थियो । अर्थात् अब १० लाखसम्म आम्दानी गर्नेले १ प्रतिशत मात्रै आयकर तिर्नुपर्नेछ । 

–बजेटबाट २७३ प्रकारका कच्चा पदार्थमा भन्सार दर घटाइएको छ । यसका साथै ११ तहको भन्सार दरलाई ७ तह मा सीमित गरिएको छ । यसका अलावा बजेटले ३६० वस्तुमा लाग्ने अन्तःशुल्क पनि खारेज गरिदिएको छ । 

–भन्सार विन्दुमा संकलन हुने, पूर्वाधार विकास कर, सडक मर्मत तथा सुधार जस्ता करलाई एकीकृत गरि हरित करमा समाहित गरिएको छ । 

– बजेटले अर्को सरकारी संरचनामा कटौती र सुधार गर्ने घोषणा गरेको छ । अहिले रहेका सरकारी निकायमध्ये ३१ निकाय खारेज, ६ निकाय मर्ज र १८ निकायको पुनर्संरचना गर्ने घोषणा गरिएको छ । 

–बजेटले लगानी र व्यवसाय सुधार गर्ने घोषणा गरेको छ । बजेटबाट कम्पनी कानून, वैदेशिक लगानी लगायत ऐनमा संशोधन गर्ने घोषणा गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्