
प्रधानमन्त्री वालेन्द्र शाह पहिलोपटक आकस्मिक रूपमा प्रश्नोत्तरमा सहभागी भएका छन् ।
नियमावलीको प्रक्रियाबेगर नै सभामुख डोलप्रसाद अर्यालले आइतबार प्रधानमन्त्रीकै आग्रहमा आकस्मिक प्रश्नोत्तरका लागि समय दिएका हुन् ।
यद्यपि, विपक्षी दलहरूले भने यसमा नियमापत्ति जनाएका छन् ।
नेपाली कम्युनिस्ट पार्टीका युवराज दुलाल र नेकपा एमालेका ऐन महरले प्रश्नोत्तरको कार्यक्रममा नियमापत्ति जनाए ।