२४ जेठ २०८३, आइतबार

रास्वपाले बोलायो सचिवालय बैठक

जेठ १७, २०८३
काठमाडौं
रास्वपाले बोलायो सचिवालय बैठक
फाइल फोटो

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सचिवालय बैठक बोलाएको छ ।

पार्टी सभापति रवि लामिछानेले सचिवालयको (भर्चुअल) बैठक बोलाएका ​महामन्त्री ​कविन्द्र बुर्लाकोटीले जानकारी दिए । 

उनका अनुसार भर्चुअल बैठक आइतबार राति ८ बजे बस्नेछ ।

बैठकमा समसामयिक राजनीति र पार्टी गतिविधि, अनुशासन आयोग, निर्वाचन आयोग र विभागहरूको मनोनयन, अनुशासनात्मक कारबाही, प्रदेश अधिवेशन कार्यविधि, महाधिवेशन मूल आयोजक समिति अन्तर्गतका उपसमिति, महाधिवेशन निर्वाचन कार्यविधि, विधान संशोधन, संघीय सांसदहरूको पार्टी जिम्मेवारीलगायतका विषयमा छलफल हुने उनले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्