
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेता अनिलकुमार झालाई पार्टीको केन्द्रीय कार्यसमिति सदस्यमा मनोनयन गरेका छन् ।
राष्ट्रिय सद्भावना पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेका रौतहट निवासी झालाई सभापति थापाले केन्द्रीय सदस्यमा मनोनयन गरेका हुन् ।
नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ४ को उपधारा (१०) (ङ) मा व्यवस्था भए बमोजिम उनलाई सो पदमा मनोनयन गरिएको पार्टीले जनाएको छ ।
कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले आइतबार प्रेस विज्ञप्तिमा जारी गरेर उक्त मनोनयनबारे जानकारी दिएका हुन् ।