
दैलेखमा जीप दुर्घटना हुँदा ८ जना घाइते भएका छन् ।
भैरवी गाउँपालिका–०७ कालिगौँडास्थित भित्री सडक खण्डमा डबल क्याप बोलेरो दुर्घटना हुँदा ८ जना घाइते भएका प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार घाइते मध्य ६ जनाको अवस्था गम्भीर रहेको छ ।
सुर्खेतबाट कालिकोटका लागि छुटेको सु प ०१ ००१ च ४९६४ नम्बरको डबल क्याप बोलेरो ब्रेक फेल भई सडकदेखि करिब ३००/४०० मिटर तल खसेर दुर्घटना भएको हो ।
घाइतेहरूलाई उपचारका लागि जिल्ला अस्पताल दैलेख पठाइएको छ ।
घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।