२९ जेठ २०८३, शुक्रबार

दैलेखमा जीप दुर्घटना, ८ जना घाइते

जेठ १८, २०८३
दैलेख
दैलेखमा जीप दुर्घटना, ८ जना घाइते

दैलेखमा जीप दुर्घटना हुँदा ८ जना घाइते भएका छन् ।​

भैरवी गाउँपालिका–०७ कालिगौँडास्थित भित्री सडक खण्डमा डबल क्याप बोलेरो दुर्घटना हुँदा ८ जना घाइते भएका प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार घाइते मध्य ६ जनाको अवस्था गम्भीर रहेको छ ।

सुर्खेतबाट कालिकोटका लागि छुटेको सु प ०१ ००१ च ४९६४ नम्बरको डबल क्याप बोलेरो ब्रेक फेल भई सडकदेखि करिब ३००/४०० मिटर तल खसेर दुर्घटना भएको हो ।

घाइतेहरूलाई उपचारका लागि जिल्ला अस्पताल दैलेख पठाइएको छ ।

घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्