०१ असार २०८३, सोमबार

वीरगञ्ज महानगरका मेयर राजेशमान सिंहलाई धरौटीमा छाड्न आदेश

जेठ १९, २०८३
काठमाडौं
वीरगञ्ज महानगरका मेयर राजेशमान सिंहलाई धरौटीमा छाड्न आदेश

पर्सा जिल्ला अदालतले वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहलाई धरौटीमा छाड्न आदेश दिएको छ ।

अदालतका न्यायाधीश गायत्रीप्रसाद रेग्मीको इजलासले मंगलबार उनीसँग धरौटी लिएर मुद्दाको पुर्पक्ष गर्न आदेश गरेको हो ।

लिखतसम्बन्धी कसुरमा ४ लाख र झुट्टा विवरण पेश गरी नागरिकता लिएकोमा १५ हजार रुपैयाँ धरौटीमा भएको पर्सा जिल्ला अदालतका सूचना अधिकारी जयनारायण यादवले लोकान्तरलाई जानकारी दिए ।

यादवका अनुसार अहिले सिंह धरौटी बुझाउने प्रक्रियामा रहेका छन् ।​​​​

लियाकत अलीको जाहेरीका आधारमा प्रहरीले सिंहलाई मंगलबार बिहान पक्राउ गरी अदालतमा बुझाएको थियो ।

पक्राउ पुर्जी जारी भएपछि उनी फरार रहेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्