२४ जेठ २०८३, आइतबार

५ वर्षमा लेक लागेर ५८ जनाको मृत्यु

जेठ १९, २०८३
मुस्ताङ
५ वर्षमा लेक लागेर ५८ जनाको मृत्यु

हिमाली जिल्ला मुस्ताङमा पछिल्लो पाँच वर्षमा लेक लागेर ५८ जना पर्यटकले ज्यान गुमाएका छन् । लेक लागेर मृत्यु हुने मध्ये ६५ प्रतिशतभन्दा बढी भारतीय पर्यटक छन् ।

आर्थिक वर्ष २०७८/७९ देखि आव २०८२/८३ को जेठ १५ गतेसम्म लेक लागेर १६ नेपाली र ४२ विदेशी पर्यटकले ज्यान गुमाएका जिल्ला प्रहरी कार्यालय मुस्ताङको अभिलेखमा उल्लेख छ ।

प्रहरीको तथ्याङ्कअनुसार पछिल्लो पाँच वर्षको शुरूआती वर्ष मुस्ताङमा लेक लागेर आव २०७८/७९ मा छ जना, आव २०७९/८० मा १२ जना, आव २०८०/८१ मा १४ जना, आव २०८१/८२ मा १३ जना र चालु आव २०८२/८३ को जेठ १५ सम्म १३ जना गरी ५८ जना पर्यटकले ज्यान गुमाएका प्रहरी निरीक्षक सन्तोष बस्यालले जानकारी दिए ।

उकालो उक्लँदै गर्दा अक्सिजनको मात्रा कम भई लेक लाग्ने समस्या हुन्छ ।

salt training

कमेन्ट गर्नुहोस्