२४ जेठ २०८३, आइतबार

नारायणीमा पौडी खेल्ने क्रममा डुबेर एक बालक बेपत्ता

जेठ १९, २०८३
नवलपुर
नारायणीमा पौडी खेल्ने क्रममा डुबेर एक बालक बेपत्ता

नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट–२ स्थित नारायणी नदीमा डुबेर एक जना बालक बेपत्ता भएका छन् ।     
     
नदीमा पौडी खेल्ने क्रममा मंगलबार एक बालक बेपत्ता भएको इलाका प्रहरी कार्यालय गैँडाकोटका प्रमुख प्रहरी निरीक्षक लक्ष्मण गिरीले जानकारी दिए । 

‘नारायणी नदीमा दुईजना पौडी खेल्न गएकामध्ये एक जना बेपत्ता भएका छन्, एक जनाको उद्धार गरी अस्पताल पठाइएको छ’, उनले भने, ‘बेपत्ता भएका बालकको खोजी जारी छ ।’

बेपत्ता भएका र उद्धार गरी अस्पताल पठाइएको दुवै बालकको परिचय खुल्न नसकेको उनले बताए ।

नदीमा पौडी खेल्न जाने क्रममा किनारमा खोलेर राखेको पोशाकका आधारमा दुवै बालक चितवनको नारायणघाटस्थित बालकुमारी कन्या माविमा अध्ययनरत विद्यार्थी भएको हुनसक्ने उनले बताए । 

salt training

कमेन्ट गर्नुहोस्