२३ जेठ २०८३, शनिबार

देशका विभिन्न स्थानमा तीन जना मृत अवस्थामा फेला

जेठ १९, २०८३
काठमाडौं
देशका विभिन्न स्थानमा तीन जना मृत अवस्थामा फेला

देशका विभिन्न जिल्लामा तीन जना मृत अवस्थामा फेला परेका छन्।

चितवनको भरतपुर महानगरपालिका–२३ बेलहट्टास्थित राप्ती नदी किनारमा स्थानीय ६० वर्षीय कुलबहादुर चोखाल मंगलबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

यस्तै, दाङको घोराही उपमहानगरपालिका–१४ स्वर्गद्वारी टोलमा डेरा गरी बस्दै आएका रोल्पाका ३५ वर्षीय ज्योतीबहादुर बुढा मगर आफ्नै कोठामा मृत अवस्थामा फेला परेका छन्।

त्यसैगरी, इलामको रोङ गाउँपालिका–६ स्थित हात्तीखर्क सामुदायिक वन क्षेत्रमा झापाको मेचीनगर नगरपालिका–२ निवासी ४१ वर्षीय बालकुमार दर्जी मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

उक्त घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

salt training

कमेन्ट गर्नुहोस्