भारतको दिल्लीस्थित मालवीय नगरमा रहेको लेमन ग्रिन रेस्टुरेन्टमा भीषण आगलागी भएको छ ।
बुधबार बिहान भएको आगलागीमा २१ जनाको मृत्यु भएको दैनिक भास्करले जनाएको छ ।
अहिलेसम्म भवनबाट ३७ जनालाई उद्धार गरिएको समाचारमा उल्लेख छ । छ जनाभन्दा बढीलाई बेसमेन्टबाट पनि उद्धार गरिएको छ ।
धेरै जनाको अवस्था गम्भीर छ र मृत्यु हुनेको संख्या बढ्न सक्ने समाचारमा उल्लेख छ । दशवटा दमकलले आगो निभाए पनि उद्धार कार्य जारी छ ।
स्थानीयका अनुसार छ तले भवनमा आगलागी भएको थियो । बिहान ८:५१ बजे भुइँ तल्लामा आगो लागेको थियो।