०२ असार २०८३, मंगलबार

साउदीमा अलपत्र अधिकारीको उद्धार​​

जेठ २०, २०८३
काठमाडौं
साउदीमा अलपत्र अधिकारीको उद्धार​​
फाइल फोटो

साउदी अर्बमा अलपत्र परेका कैलाश अधिकारीलाई उद्धार गरी आज स्वदेश फर्काइएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा गुनासो आएको १२ घण्टा भित्रमा नै सम्झौताअनुसारको तलब र सेवासुविधा नपाई कठिनाइ भोगिरहेका राहदानी वाहक कैलाशलाई उद्धार गरिएको प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)का प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी दिइन् ।

मङ्गलबार सामाजिक सञ्जाल फेसबुकमा शिवन्तराज अधिकारी नामक खातामार्फत कैलाशको दयनीय अवस्था, सुरक्षित आवासको अभाव र श्रम शोषणसम्बन्धी गुनासो सार्वजनिक भएको थियो । हाल कैलाशलाई आवश्यक परामर्श, सहयोग र संरक्षणमा राखिएको छ ।

प्रधानमन्त्री कार्यालयका अनुसार कैलाश अधिकारी नेपाल फर्किएलगत्तै घटनाको विस्तृत छानबिन भइरहेको बताइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्