१० साउन २०८३, आइतबार

पूर्वसांसद मंगलप्रसाद गुप्ताको निधन

जेठ २४, २०८३
बुटवल
पूर्वसांसद मंगलप्रसाद गुप्ताको निधन

कपिलवस्तु क्षेत्र नम्बर–३ का पूर्वसांसद तथा एमालेका नेता मंगलप्रसाद गुप्ताको निधन भएको छ ।

‘मंगल चाचा’ को नाममा परिचित नेता गुप्ताको हृदयघातपछि उपचारका क्रममा आइतबार बिहान भारतको दिल्लीस्थित मेदान्त अस्पतालमा निधन भएको एमाले पूर्वकेन्द्रीय सदस्य सुशील श्रीवास्तवले जानकारी दिए ।

८० वर्षीय गुप्ता लामो समय राजनीतिमा सक्रिय थिए ।

उनी २०७९ सालमा भएको निर्वाचनमा कपिलवस्तु क्षेत्र नम्बर ३ बाट निर्वाचित बनेका थिए ।

उनको शव मंगलबार मात्र कृष्णनगर ल्याइने र बुधबार दाहसंस्कार गरिने श्रीवास्तवले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्