०७ असार २०८३, आइतबार

आजबाट रास्वपाको प्रदेश अधिवेशन- बागमतीको रवि लामिछानेले उद्घाटन गर्ने

जेठ २६, २०८३
काठमाडौं
आजबाट रास्वपाको प्रदेश अधिवेशन- बागमतीको रवि लामिछानेले उद्घाटन गर्ने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रदेश अधिवेशन मंगलबार (आज) बाट शुरू हुँदैछ । आजबाट शुरू हुने प्रदेश अधिवेशन असार १ सम्म सम्पन्न हुने रास्वपाले जनाएको छ । 

वाग्मती प्रदेशको अधिवेशन पार्टी सभापति रवि लामिछानेले उद्घाटन गर्ने कार्यक्रम छ । वाग्मती प्रदेशको अधिवेशन काठमाडौंमा हुँदै छ । 

यसअघि रास्वपाको जिल्ला अधिवेशन जेठ २३ र २४ गते भएको थियो । रास्वपाले महाधिवेशनको तयारी स्वरूप जेठ २३ देखि देशभर जिल्ला अधिवेशन शुरू गरेको थियो ।

पार्टीको केन्द्रीय कार्यतालिका अनुसार जिल्ला अधिवेशन सकिएलगत्तै मंगलबारदेखि सातै प्रदेशमा प्रदेश अधिवेशन शुरू हुन लागेको हो । 

असार ७ देखि ९ गतेसम्म रास्वपाको प्रथम महाधिवेशन चितवनमा हुनेछ ।
 


 

कमेन्ट गर्नुहोस्