२६ जेठ २०८३, मंगलबार
गृहमा गुरुङको कमब्याक

गृहमन्त्रीमा फेरि सुधन गुरुङ फर्कँदै, आजै ३ बजे शपथ

जेठ २६, २०८३
काठमाडौं
गृहमन्त्रीमा फेरि सुधन गुरुङ फर्कँदै, आजै ३ बजे शपथ

सुधन गुरुङ फेरि गृहमन्त्री बन्ने भएका छन् ।

उनले आजै ३ बजे शपथ लिने उच्च स्रोतले लोकान्तरलाई जानकारी दियो । 

स्रोतका अनुसार शपथका लागि राष्ट्रपति कार्यालयमा पत्राचार गरिसकिएको छ । 

यसअघि सम्पत्तिलगायत विवादमा परेपछि गुरुङले वैशाख ९ गते गृहमन्त्रीबाट राजीनामा दिएका थिए । 

त्यसपछि उनीमाथि छानबिन गर्न सरकारले समिति बनाएको थियो ।

समितिले क्लिन चिट दिएपछि गुरुङलाई गृहमा फर्काउन लागिएको हो ।

केही दिनअघि एउटा सार्वजनिक कार्यक्रममै उनले आफू पुनः गृहमा फर्किने संकेत गरेका थिए । 

आफू पुन: गृहमन्त्री भए फोटो खिच्न र बधाई दिन माला खादा लिएर नआउन उनले आग्रह गरेका थिए । 'मैले सफाइ पाइहालेँ र त्यो पदमा गइहालेँ भने मलाई अलिकति समय दिनु । म सबैलाई आग्रह गर्छु । दुई महिनाको समय दिनु । बधाई दिन मन्त्रालय धाउने काम नगर्ने । फोटो खिच्ने काम नगरौँ,' उनले भनेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्