२८ जेठ २०८३, बिहीबार
सभामुखसँग हर्कको सवाल जवाफ

हर्कले ‘कारबाही गरेर देखा’ भनेपछि सभामुखले भने– निरन्तर अमर्यादित शब्द प्रयोग भयो

जेठ २७, २०८३
काठमाडौं
हर्कले ‘कारबाही गरेर देखा’ भनेपछि सभामुखले भने– निरन्तर अमर्यादित शब्द प्रयोग भयो

अन्य विपक्षी दललाई रोष्ट्रम प्रयोग गर्न दिए पनि आफूहरूलाई समय नदिइएको भन्दै श्रम संस्कृति पार्टीले संसद्‌मा विरोध जनाएको छ ।

बुधबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख डोलप्रसाद (डीपी) अर्यालले नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा र राप्रपालाई रोष्ट्रम प्रयोग गर्न समय दिएका थिए ।

तर, श्रम संस्कृति पार्टीका नेतालाई रोष्ट्रम प्रयोग गर्न दिएनन् । त्यसपछि श्रम संस्कृतिका सांसदले विभेद अन्त्य गर भन्दै नारा लगाउन वेलमा पुगे ।

श्रम संस्कृति पार्टीका सांसदले वेलमा नाराबाजी गरेपछि सभामुखले नियमावलीको दफा देखाउँदै कारबाही गर्ने चेतावनी दिए ।

null

त्यसपछि हर्कले ‘कारबाही गरेर देखा’ भन्दै नाराबाजी गरे । हर्कको भाषामा सभामुखले आपत्ति जनाए– ‘प्रयोग गरिरहेका शब्दावलीमा ध्यानाकर्षण भएको छ ।’

हर्कले फेरि भने–‘ फेरि कारबाही गरेर देखा ।’

सभामुखले दोहोर्‍याए– ‘श्रम संस्कृति पार्टीका सांसदका तर्फबाट निरन्तर अमर्यादित र सदनमा बोल्न नसुहाउने भएकोमा पटक-पटक ध्यानाकर्षण गराइरहेको छु ।’

श्रम संस्कृतिले नाराबाजी गरेपछि सभामुखले हर्कलाई बोल्न समय दिए । शुरूमा श्रम संस्कृति पार्टीलाई समय नदिने बताएका सभामुख अन्तिममा हर्कलाई समय दिए ।

null

salt training

कमेन्ट गर्नुहोस्