०९ साउन २०८३, शनिबार

४० हजार घुससहित नायव सुब्बा पक्राउ

जेठ ३०, २०८३
काठमाडौं
४० हजार घुससहित नायव सुब्बा पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमि प्रशासन कार्यालय, मनाङमा कार्यरत नायव सुब्बा ज्ञानराज कण्डेललाई पक्राउ गरेको छ।

जग्गा रोक्का गर्ने काममा सहजीकरण गरिदिने बहानामा सेवाग्राहीसँग घुस माग गरेको भन्ने सूचना र उजुरीका आधारमा अख्तियारको पोखरा कार्यालयबाट खटिएको टोलीले उनलाई शनिबार  घुस रकमसहित रंगेहात नियन्त्रणमा लिएको 
आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए । 

उनका अनुसार, कण्डेलले सेवाग्राहीबाट ४० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा उनलाई पक्राउ गरिएको हो। 

पक्राउ परेका कण्डेलको साथबाट घुसवापतको ४० हजार रुपैयाँका अतिरिक्त स्रोत नखुलेको थप २१ हजार ७० रुपैयाँ समेत बरामद गरिएको जानकारी दिँदै न्यौपानेले यस सम्बन्धमा थप अनुसन्धान भइरहेको बताए । 

salt training

कमेन्ट गर्नुहोस्