०२ असार २०८३, मंगलबार

डेढ किलो कोकिनसहित ठमेलबाट तीन विदेशी पक्राउ

असार १, २०८३
काठमाडौं
डेढ किलो कोकिनसहित ठमेलबाट तीन विदेशी पक्राउ

डेढ किलो कोकिनसहित तीन जना विदेशी नागरिकलाई प्रहरीले ठमेलबाट पक्राउ गरेको छ । 

लागूऔषध नियन्त्रण ब्यूरोले कोकिन लिएर आएका सेनेगलका नागरिक र सो कोकिन लिन भारतबाट आएका दुईजनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा सेनेगलका ४३ वर्षीय अमादाउ सार, भारतकी २६ वर्षीया रुबी र ३१ वर्षीया सोनी छन् ।

सो कोकिन नाइजेरियाबाट इथियोपिया, कतार हुँदै काठमाडौं ल्याइएको ब्यूरोका प्रमुख एवं एसएसपी सुवासचन्द्र बोहराले बताए । एक साता लामो अप्रेसन चलाएर उनीहरूलाई पक्राउ गरिएको बोहराले जानकारी दिए ।

सेनेगलका नागरिक २६ जेठमा काठमाडौं आएका थिए । उनले कोकिन रहेको ७६ वटा क्याप्सुल खाएका थिए । प्रहरीले स्वास्थ्यकर्मीको सहयोगमा सो क्याप्सुल निकालेर कोकिन बरामद गरेको हो । 

सो कोकिन लिन आएका दुई भारतीय युवती पनि ठमेलको होटेलबाट पक्राउ परेका हुन् ।

salt training

कमेन्ट गर्नुहोस्