
भक्तपुरमा आफ्नै कोठामा रहेको बाल्टिनको पानीमा डुबेर साढे २ वर्षीय बालकको मृत्यु भएको छ ।
मध्यपुर थिमी नगरपालिका- ४ बस्ने दोलखाको बिगु गाउँपालिका- ३ घर भएका प्रविन आचार्यको छोरा आज्ञान आचार्यको बाल्टिनको पानीमा डुबेर सोमबार साँझ मृत्यु भएको प्रहरीले जनाएको छ ।
पानीमा डुबेर अशक्त भएका उनको कोरियन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।