
जिल्ला प्रशासन कार्यालय, रूपन्देहीले अनावश्यक रूपमा भूमिगत पानी प्रयोग नगर्न आग्रह गरेको छ ।
मनुसन भित्रिए पनि पानी पर्न नसक्दा अत्याधिक गर्मी भएकाले भूमिगत जल भण्डारणमा चाप परेको भन्दै स्यालो टयुवेल, बोरिङ चलाउने र आर्टिजमको अनावश्यक प्रयोग नगर्न आग्रह गरेको हो ।
रूपन्देहीका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) विश्वप्रकाश अर्यालले सूचना जारी गर्दै खानेपानीको अभाव हुन नदिन सहयोग गर्न आग्रह गरेका हुन् ।
यो वर्ष मनुसन ढिलाइ र वर्षा न्यून हुने प्रक्षेपण मौसम पूर्वानुमान विभागले गरेको छ । पश्चिम तराईमा अहिलेसम्म पानी पर्न सकेको छैन ।