११ असार २०८३, बिहीबार

रोबोटबाट ट्राफिक व्यवस्थापन !

असार १०, २०८३
काठमाडौं
रोबोटबाट ट्राफिक व्यवस्थापन !

काठमाडौंमा रोबोटबाट ट्राफिक व्यवस्थापन कार्य शुरू भएको छ ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सिंहदरबार अगाडि जेब्राक्रसमा रोबोटद्वारा ट्राफिक व्यवस्थापन कार्य शुरू गरेको हो ।

चालकको लापरबाहीका कारण जेब्राक्रसमा समेत दुर्घटना निम्तिने जोखिम काठमाडौंमा उत्तिकै छ ।

ट्राफिक प्रहरीका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज उप्रेतीका अनुसार पाइलट प्रोजेक्टका रूपमा शुरूमा सिंहदरबार अगाडिबाट रोबोटको माध्यमबाट ट्राफिक व्यवस्थापनको कार्य शुरू गरिएको हो ।  ‘ट्राफिक व्यवस्थापनमा रोबोटको माध्यम कति उपयोगी हुन्छ वा हुँदैन भनेर हेर्न खोजिएको हो । अहिले प्रारम्भिक अभ्यास हो,’ उनले लोकान्तरसँग भने ।

salt training

कमेन्ट गर्नुहोस्