![९९ केन्द्रीय सदस्य छान्न रास्वपामा मतदान जारी, यी हुन् उम्मेदवार [सूचीसहित]](https://lktcdn2.prixacdn.net/media/rsp_matdan__cqgjG4Zb72.jpeg)
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्यको टुंगो लगाउन गएरातिदेखि मतदान सुरु भएको छ ।
रास्वपा केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार ९९ पदका लागि विद्युतीय मतदान सुरु भएको हो । निर्वाचनमा २०४ जना उम्मेदवार छन् ।
यही असार ७ गतेदेखि सुरु भएको महाधिवेशनमा मतदान आज बिहान १० बजेसम्म जारी रहने केसीले जानकारी दिए। यसअघि रास्वपाको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित भइसकेका छन् ।