१३ असार २०८३, शनिबार

खोलामा करेन्ट लगाएर माछा मारेको आरोपमा ६ जना पक्राउ, १० हजार जरिवाना

असार १२, २०८३
काठमाडौं
खोलामा करेन्ट लगाएर माछा मारेको आरोपमा ६ जना पक्राउ, १० हजार जरिवाना

तनहुँको म्याग्दे गाउँपालिका- १ स्थित साँगे खोलामा करेन्ट लगाएर माछा मारेको आरोपमा प्रहरीले ६ जनालाई नियन्त्रणमा लिएको छ।

करेन्ट लगाएर माछा मारिरहेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले उनीहरूलाई करेन्ट लगाउन प्रयोग गरिएका सामग्रीसहित नियन्त्रणमा लिएको हो ।

प्रहरीले उनीहरूलाई आवश्यक कारबाहीका लागि व्यास नगरपालिकाको कार्यालय पठाएको थियो ।

१० हजार रुपैयाँ जरिवाना तिरेर उनीहरू रिहा भएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्