१७ असार २०८३, बुधबार

नयाँ विद्युत् मिटरका लागि निवेदन दिन ऊर्जा मन्त्रालयको आग्रह

असार १६, २०८३
काठमाडौं
नयाँ विद्युत् मिटरका लागि निवेदन दिन ऊर्जा मन्त्रालयको आग्रह

 ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले नेपाल विद्युत् प्राधिकरणमा ५० हजार वटा नयाँ विद्युत् मिटर उपलब्ध भइसकेको जनाएको छ।

मन्त्रालयका अनुसार ती मिटर सातै प्रदेशका सम्बन्धित कार्यालयमा पठाइसकिएको छ। नयाँ विद्युत् मिटर आवश्यक पर्ने सेवाग्राहीलाई नजिकको नेपाल विद्युत् प्राधिकरणको कार्यालय वा प्रादेशिक कार्यालयमा पुगेर आवश्यक प्रक्रिया पूरा गर्दै निवेदन दर्ता गर्न मन्त्रालयले आग्रह गरेको छ।

मन्त्रालयले सेवाग्राहीलाई सहज, पारदर्शी र प्रभावकारी सेवा प्रवाह गर्न नेपाल विद्युत् प्राधिकरण प्रतिबद्ध रहेको जनाएको छ।

salt training

कमेन्ट गर्नुहोस्