
पत्रकार खेम भण्डारी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको टोलीले आज बिहान ७ बजे भीमदत्त नगरपालिका–१८ बाट भण्डारीलाई पक्राउ गरिएको एसपी नेत्रमणि गिरीले लोकान्तरलाई जानकारी दिए ।
उनका अनुसार अदालतको फैसला कार्यान्वयन गर्ने क्रममा उनलाई पक्राउ गरिएको हो ।
जिल्ला अदालत कञ्चनपुरले गालीगलौजसम्बन्धी मुद्दामा भण्डारीलाई एक महिना ७ दिन कैद तथा १२ हजार १ सय रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो ।
सोही फैसला कार्यान्वयनका लागि उनलाई पक्राउ गरिएको उनले बताए ।
प्रहरीका अनुसार पक्राउ परेका भण्डारीलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी अदालतको फैसला कार्यान्वयन गरिनेछ ।