२४ असार २०८३, बुधबार

जग्गा विवादमा चक्कु प्रहार : ज्वाइँको मृत्यु, ससुरा घाइते, दुई जना पक्राउ

असार २४, २०८३
रौतहट
जग्गा विवादमा चक्कु प्रहार : ज्वाइँको मृत्यु, ससुरा घाइते, दुई जना पक्राउ

रौतहटको ईशनाथ नगरपालिका–३ औरैयामा जग्गासम्बन्धी विवादमा भएको चक्कु प्रहारबाट वुटन साहको मृत्यु भएको छ ।

औरैयास्थित ८० वर्षीय ससुरा रामबहादुर साहको घरमा बस्दै आएका ईशनाथ नगरपालिका–१ बन्जरहाका ६० वर्षीय साहको मृत्यु भएको र टाउकोमा चोट लागेका वृद्ध ससुराको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

चक्कु प्रहारबाट पिठ्युमा गम्भीर चोट लागेका साहलाई प्रादेशिक अस्पताल गौर पुर्‍याइएकोमा चिकित्सकले मङ्गलबार राति मृत घोषणा गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक वसन्त गौतमले चक्कु प्रहार गर्ने २६ वर्षीय राममहेश्वर साह र उनका बुवा ६३ वर्षीय रामाऔतार साहलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको छ ।

स्थानीयका अनुसार जग्गाको स्वामित्वलाई लिएर लामो समयदेखि भएको विवादले उग्ररूप लिँदा ससुराली घर बस्दै आएका साहको मृत्यु भएको हो ।

salt training

कमेन्ट गर्नुहोस्