२४ असार २०८३, बुधबार

जनमत पार्टी सप्तरीका कोषाध्यक्ष पक्राउ

असार २४, २०८३
काठमाडौं
जनमत पार्टी सप्तरीका कोषाध्यक्ष पक्राउ

चन्द्रकान्त (सीके) राउत नेतृत्वको जनमत पार्टी सप्तरीका कोषाध्यक्ष नरेश अधिकारीलाई प्रहरीले पक्राउ गरेको छ ।

जबरजस्ती करणी र ठगीको आरोपमा जाहेरी परेपछि उनलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

सप्तरीको महादेवा गाउँपालिका–२ बस्ने अधिकारी प्रहरीमा उजुरी परेपछि फरार थिए । उनलाई सप्तरीकै महादेवापट्टी क्षेत्रबाट प्रहरीले पक्राउ गरेको हो ।

सप्तरी प्रहरीका प्रवक्ता एवं डीएसपी हेमराज घिमिरेका अनुसार अदालतबाट पक्राउ पुर्जी जारी भएपछि अधिकारी फरार रहेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्