२८ असार २०८३, आइतबार

युक्रेनी आक्रमणले रुसलाई ठुलो झट्का- इन्धन संकट गहिरिने आशंका

असार २६, २०८३
काठमाडौं
युक्रेनी आक्रमणले रुसलाई ठुलो झट्का- इन्धन संकट गहिरिने आशंका

युक्रेनी सेनाले रुसको नियन्त्रणमा रहेको क्रिमिया आसपासका क्षेत्रमा आक्रमणलाई तीव्र पारेको छ। क्रिमियालाई रुससँग जोड्ने स्थलगत मार्गहरूमा निरन्तर आक्रमण गरेपछि युक्रेनले अब रुसको समुद्री आपूर्ति मार्ग (सप्लाई रुट) लाई समेत निशाना बनाउन थालेको हो।

युक्रेनको ड्रोन फोर्सका कमान्डर रोबर्ट ब्रोभदीका अनुसार पछिल्लो चार दिनमा मात्रै आजोभ सागरमा कम्तीमा २५ वटा जहाजहरूलाई निशाना बनाइएको छ, जसमा भीषण आगलागीसमेत भएको छ। आजोभ सागर केर्च जलसन्धिमार्फत ब्ल्याक सी (कालो सागर) सँग जोडिएको छ।

छोटो अवधिमा भएको यो ठुलो क्षति रुसको नौसैनिक क्षमताका लागि निकै ठुलो झट्का मानिएको बीबीसीले जनाउको छ। यसका साथै, यी आक्रमणहरूले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको इन्धन आपूर्ति सुचारु राख्ने दाबीमाथि समेत गम्भीर धक्का पुर्‍याउन सक्ने अनुमान गरिएको समाचारमा उल्लेख छ । 

यी जलयात्रा आक्रमणहरूलाई युक्रेनको ‘लजिस्टिक लकडाउन’ अभियानको नयाँ चरणका रूपमा हेरिएको छ। यस अभियानको मुख्य उद्देश्य रुसको कब्जामा रहेको क्रिमियासँग जोडिएका आपूर्ति र यातायात मार्गहरूलाई पूर्ण रूपमा अवरुद्ध पार्नु हो।

युक्रेनी सेनाले अहिलेसम्म कुल ३६ वटा जहाजलाई निशाना बनाइसकेको दाबी गरेको छ। तीमध्ये अधिकांश जहाजहरू रुसको तथाकथित ‘स्याडो फ्लिट’का हिस्सा हुन्, जसमा व्यावसायिक तेल ट्याङ्करहरू सामेल छन्।

यद्यपि, क्षतिग्रस्त भएका जहाजहरूको सटीक सङ्ख्या भने अझै पूर्ण रूपमा स्पष्ट भइसकेको छैन।

salt training

कमेन्ट गर्नुहोस्