
धादिङमा १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा नीलकण्ठ नगरपालिका- ९ सातदोबाटो बस्ने ५३ वर्षीय राम भन्ने नरबहादुर लम्साल छन् । उनलाई बिहीबार बेलुकी पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
नर बहादुरले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय धादिङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।