३१ असार २०८३, बुधबार
एकपछि अर्को आत्मदाह

​११ महिनामा ११ आत्मदाहका घटना, ८ जनाले गुमाए ज्यान

असार २७, २०८३
काठमाडौं
​११ महिनामा ११ आत्मदाहका घटना, ८ जनाले गुमाए ज्यान

गत बिहीबार अपरान्ह मुगुका गणेश नेपालीले त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि शरीरमा पेट्रोल खन्याएर आत्मदाह गरे । ६५ प्रतिशत शरीर जलेका उनलाई उपचारका लागि वीर अस्पताल लगिए पनि उपचार सम्भव भएन । शुक्रबार बिहान उनले मृत्युवरण गरे ।

घटनाले सडकदेखि संसद्‌सम्म ततायो । विपक्षीदेखि सत्तापक्षकै सांसदहरूले समेत गणेशको आत्मदाह एउटा सामान्य घटना नभएर विकृत समाजको असन्तुष्टिको आवाज भनेर टिप्पणी गरे । गृहमन्त्री सुधन गुरुङले संसद्‌मा जवाफ दिनुपर्‍यो ।

बाहिर आएका र गणेशकै परिवारले समेत जानकारी गराएअनुसार महानगर प्रहरीले मोटरसाइकलमा ह्वील लक लगाएपछि उत्पन्न विवादकै कारण गणेशले आत्मदाह रोजेको देखिन्छ । यसका अरु अन्तर्य आगामी दिनमा खुल्दै जाला...।

प्रहरीले अनुसन्धान शुरू गरिसकेको छ । डीआईजी गोविन्द थपलियाको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन भएको छ । समितिको प्रतिवेदनमा केही ठोस कुरा बाहिर आउला ।

गणेशको घटना सेलाउन नपाउँदै सर्लाहीको गोडैता नगरपालिकामा विवेक मण्डलले आत्मदाह प्रयास गरेको सूचना आयो । सत्तापक्षकै सांसद अमरेशकुमार सिंहले सामाजिक सञ्जालमा मण्डलको आत्मदाह प्रयासबारे जानकारी गराए । उनले प्रधानमन्त्रीलाई भनेर मण्डललाई हेलिकप्टरबाट काठमाडौं ल्याइएको र उनको अवस्था चिन्ताजनक रहेको बताएका थिए । ८५ प्रतिशत शरीरको भाग जलेका मण्डलको कीर्तिपुरको बर्न अस्पतालमा आईसीयूमा राखेर उपचार भइरहेको छ ।

यता शनिबार बिहानै काठमाडौंको बुद्धनगरमा अर्का एक जनाले आत्मदाहको प्रयास गरेका छन् । ४५ वर्षीय आश्विन राउत नाम गरेका व्यक्तिले घरभित्रै पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका हुन् ।

काठमाडौं प्रहरीका प्रवक्ता एवं प्रहरी उपरीक्षक (एसपी) पवन भट्टराईका अनुसार बिहान ६ बजेतिर राउतले आफ्नै घरको भान्सा कोठामा आत्मदाहको प्रयास गरेका थिए । राउतको शरीर ५० प्रतिशत जलेको छ । वीर अस्पतालमा उपचार भइरहेको छ । राउत श्रीमती र छोरासहित बुद्धनगरमा बस्दै आएका थिए । घटनाका बेला उनका श्रीमती र छोरा घरमा थिएनन् । एसपी भट्टराईका अनुसार राउत केही समयदेखि स्वास्थ्य समस्यामा थिए ।

नेपाली, मण्डल र राउतसँग जोडिएको आत्मदाह र आत्मदाह प्रयासका घटना आफैंमा संवेदनशील छन् ।

जिल्लागत विवरणमा रौतहटमा एक महिला र एक पुरुष, काठमाडौंका चार घटनामध्ये दुईमा महिला र दुई पुरुष, बाँके र रूपन्देहीमा एक/एक महिला, काभ्रेमा दुई महिला र दाङ र सर्लाहीमा एक/एक जना पुरुष आत्मदाह प्रयास गरेका छन् ।

चालु आर्थिक वर्षको असार २७ गतेसम्म मात्रै देशभर ११ जनाले आत्मदाह र आत्मदाह प्रयास गरेको तथ्याङ्क छ । प्रहरी प्रधान कार्यालयका अनुसार ती घटनामा संलग्नमध्ये आठ जनाको मृत्यु भइसकेको छ । तीन जना भने अहिले उपचाररत छन् ।

प्राप्त विवरणअनुसार रौतहट, बाँके, रूपन्देही, दाङ, काभ्रे र सर्लाहीमा आत्मदाहका घटना भएका छन् । सबैभन्दा धेरै चार वटा घटना काठमाडौंमा भएका छन् ।

तथ्याङ्कअनुसार ११ घटनामध्ये सात घटनामा महिलाले आत्मदाहको प्रयास गरेका छन् भने चार घटनामा पुरुष संलग्न रहेका छन् ।

जिल्लागत विवरणमा रौतहटमा एक महिला र एक पुरुष, काठमाडौंका चार घटनामध्ये दुईमा महिला र दुई पुरुष, बाँके र रूपन्देहीमा एक/एक महिला, काभ्रेमा दुई महिला र दाङ र सर्लाहीमा एक/एक जना पुरुष आत्मदाह प्रयास गरेका छन् ।

काभ्रे, सर्लाही र काठमाडौंमा भएको घटनाबाहेक अन्य सबै घटनामा संलग्न व्यक्तिको मृत्यु भएको प्रहरी विवरणमा उल्लेख छ ।

प्रहरीको यो तथ्याङ्क विश्लेषण गर्दा व्यक्ति किन आत्मदाह जस्तो पीडादायी घटनामा तत्पर रहन्छ भन्ने प्रश्न सिर्जना भएको छ ।

विज्ञका अनुसार व्यक्तिले जानीजानी चाहेर आफ्नो प्राण त्याग्न चाहँदैन । तर, जीवनप्रति चरम निराशा आएपछि उ मानसिक स्वास्थ्य समस्याको वरिपरि रहन्छ र उसले लामो पीडा र निराशालाई 'कन्ट्रोल' गर्न नसकेपछि आत्मदाह वा आत्महत्या गर्न प्रेरित हुन्छ ।

मनोविद् गोपाल ढकालका अनुसार झण्डै ८० देखि ८५ प्रतिशत आत्मदाह र आत्महत्या गर्ने मानिसमा मानसिक समस्या देखिन्छ ।

आत्मदाह वा आत्महत्याका पछाडि व्यक्तिको जैविक पक्ष वा आनुवांशिक, पारिवारिक, सामाजिक र व्यक्तिको मनोविज्ञानमा भर पर्छ । 'कुनै घटनाले व्यक्तिको मनोविज्ञानमा गहिरो असर गर्‍यो वा उसमा चरम निराशा गाड्यो भने त्यो व्यक्ति विस्तारै मानसिक समस्यामा पर्छ र उसले आफ्नो जीवन व्यर्थ देख्न थाल्छ अनि आत्महत्या गर्न उद्यत हुन्छ,' ढकालले लोकान्तरसँग भने, 'जब व्यक्तिले आफ्नो भविष्य अन्धकार देख्छ र उसलाई परिवारले समेत निकम्मा जस्ता तुच्छ शब्द प्रयोग गर्छन् तब त्यो व्यक्तिले एउटै सोचमा कालखण्डबाट गुज्रिएको हुन्छ र उसले आत्महत्या रोज्छ ।'

salt training

कमेन्ट गर्नुहोस्