
नेकपा एमालेले शान्तिपूर्ण विरोध प्रदर्शनमा सिंहदरबार गेटमा अखिलका कार्यकर्तामाथि दमन गरिएको भन्दै आपत्ति जनाएको छ ।
बुधबार प्रतिनिधिसभा बैठकको विशेष समयमा एमाले संसदीय दलका प्रमुख सचेतक ऐनबहादुर महरले प्रहरीले अखिल कार्यकर्तामाथि दमन गरेको भन्दै आपत्ति जनाएका हुन् ।
‘अनेरास्ववियुका विद्यार्थी सिंहदरबार जलाउन आएका थिएनन्, राज्य आतंकविरुद्ध कानूनी राज्य र विधिको शासनको पक्षमा आवाज राख्न आएका थिए’, उनले भने, ‘पक्राउ परेका अखिलका दीपक धामी लगायतलाई रिहाइ गर्न माग गर्दछु ।’
सिंहदरबारको गेटमा मोटरसाइकल तेर्स्याएर विरोधमा उत्रिएका अखिलका अध्यक्ष धामीसहित ७ जना बुधबार बिहान पक्राउ परेका थिए ।