०७ साउन २०८३, बिहीबार

स्पेनमा जितको जश्न, देशैभरि उत्सवको माहोल

असार ३१, २०८३
काठमाडौं
स्पेनमा जितको जश्न, देशैभरि उत्सवको माहोल

फिफा विश्वकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा बलियो प्रतिद्वन्द्वी फ्रान्सलाई पराजित गर्दै स्पेन फाइनलमा प्रवेश गरेपछि स्पेनिस प्रशंसकहरू यतिबेला खुसीयाली र उत्सवमा डुबेका छन्।

डलास रंगशालामा खेलिएको रोमाञ्चक र तीव्र प्रतिस्पर्धात्मक सेमिफाइनल भिडन्तमा स्पेनले फ्रान्सको टोलीलाई सानदार ढङ्गले स्तब्ध बनाएको हो । मैदानमा उत्कृष्ट प्रदर्शन गर्दै स्पेनले फ्रान्समाथि २-० को सहज जित दर्ता गर्‍यो।

 ऐतिहासिक जितसँगै स्पेन अब उपाधि भिडन्तका लागि फाइनलमा पुगेको छ । अब स्पेनले उपाधिका लागि अर्को सेमिफाइनल खेलका प्रतिद्वन्द्वीहरू अर्जेन्टिना वा इङ्गल्याण्डमध्ये विजेता टोलीसँग प्रतिस्पर्धा गर्नेछ।

स्पेनले फाइनलमा स्थान सुरक्षित गरेलगत्तै स्पेनका सडक र सहरहरूमा फुटबल फ्यानहरू झण्डा, जर्सी र नारासहित खुसीयाली मनाउन ओर्लिएका छन्। देशैभरि उत्सवको माहोल छाएको छ । 

nullnullnullnull

तस्वीरहरू : बीबीसी
 

कमेन्ट गर्नुहोस्