०८ साउन २०८३, शुक्रबार

नयाँ बसपार्क भित्र सञ्चालित गेष्ट हाउसमा भेटियो युवतीको शव

साउन ४, २०८३
काठमाडौं
नयाँ बसपार्क भित्र सञ्चालित गेष्ट हाउसमा भेटियो युवतीको शव

काठमाडौंको नयाँ बसपार्क भित्र सञ्चालित गेष्ट हाउसमा एक युवतीको शव फेला परेको छ ।​

गेष्ट हाउस सञ्चालकले गन्ध आएपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीको रोहबरमा ढोका खोलेर हेर्दा युवतीको शव भेटिएको हो ।

प्रहरीका अनुसार मृतक युवती कैलालीकी निशा सुनार रहेको खुल्न आएको छ ।

घटना शङ्कास्पद देखिएको र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिए ।

उनले भने, ‘दुई/तीन दिन अघिदखि सुनार गेष्ट हाउसमा आएर बसेको भनिएको छ, उनीसँग आएका व्यक्तिहरूको खोजीकार्य भइरहेको छ ।’

सुनारको शव पोस्टमार्टमका लागि टिचिङ अस्पताल पठाइएको भट्टराईले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्