०७ साउन २०८३, बिहीबार

मोबाइल फोन प्रसारण प्रणाली’मार्फत विपद्को पूर्वसूचना दिने तयारी

साउन ४, २०८३
काठमाडौं
मोबाइल फोन प्रसारण प्रणाली’मार्फत विपद्को पूर्वसूचना दिने तयारी

सरकारले विपद्को पूर्वचेतावनीसहित आवश्यक सूचनालाई अझ प्रभावकारी र छिटो बनाउने उद्देश्यले मोबाइल फोन प्रसारण प्रणाली (सेल ब्रोडकास्ट ) लागू गर्ने भएको छ ।

आज राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख प्रदीपकुमार कोइरालाको अध्यक्षतामा गृह मन्त्रालयको विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखा प्रमुख सुरेश पन्थीको उपस्थितिमा ‘मोबाइल फोन प्रसारण प्रणाली’मार्फत विपद्को पूर्वसूचना दिने तयारीका विषयमा छलफल भएको हो । छलफलमा विपद् व्यवस्थापन तथा दूरसञ्चारसँग सम्बन्धित सङ्घीय मन्त्रालय र सरोकार भएका निकायका प्रतिनिधिको सहभागिता थियो ।

प्राधिकरणका अनुसार मोबाइल फोन प्रसारण प्रणाली एकीकृत पूर्वसूचना प्रणालीको महत्वपूर्ण अङ्ग हो । यस प्रणालीमार्फत मोबाइल सञ्चारको ‘रेडियो एक्सेस नेटवर्क’ प्रयोग गरी जोखिमयुक्त भौगोलिक क्षेत्रमा रहेका सबै नागरिकको फोनमा एकैपटक विपद्को चेतावनीसहित सन्देश पठाउन सकिने प्राधिकरणले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्