०७ साउन २०८३, बिहीबार

अब 'ब्वाइफ्रेन्ड' पनि भाडामा !

साउन ७, २०८३
काठमाडौं
अब 'ब्वाइफ्रेन्ड' पनि भाडामा !
फाइल तस्वीर

लुगाकपडा, गाडी वा फर्निचर भाडामा लिएजस्तै अब मानिसहरूले आफ्नो आवश्यकताअनुसार 'ब्वाइफ्रेन्ड' पनि भाडामा लिन सक्ने नयाँ ट्रेन्ड शुरू भएको छ।

'रेन्टल ब्वाइफ्रेन्ड' अर्थात् भाडाको प्रेमी। यो सेवाअन्तर्गत ग्राहकले केही समय वा घण्टाका लागि आफ्नो रोजाइको पुरुष साथी भाडामा लिन सक्छन्। यद्यपि, यो सेवामा दुई जनाबीच कुनै पनि किसिमको शारीरिक वा यौन सम्बन्ध भने पूर्ण रूपमा वर्जित हुन्छ।

ग्राहकहरूले आफ्ना रेन्टल पार्टनरसँग क्याफे, पार्क, म्युजियम, रेस्टुरेन्ट वा सपिङ मलजस्ता सार्वजनिक स्थानहरूमा मात्र भेटघाट गर्न पाउँछन् । यसका लागि केही कडा नियमहरू तय गरिएका हुन्छन्, जसको अनिवार्य पालना गर्नुपर्छ:
- कुनै पनि यौन गतिविधि वा शारीरिक स्पर्श गर्न नपाइने।
- होटलको कोठा वा एकान्त ठाउँमा जान नपाइने।
- रातभर सँगै बस्न नपाइने।
- हरेक समय मर्यादित र सम्मानजनक व्यवहार हुनुपर्ने।

कसरी भयो यसको शुरूआत?

दैनिक जागरको समाचारअनुसारभाडामा ब्वाइफ्रेन्ड पाइने यो व्यवसाय रातारात शुरू भएको भने होइन। यसको शरूआत सन् १९९० को दशकमा जापानको मानिस भाडामा लिने अर्थतन्त्रबाट भएको थियो।

जापानमा मानिसहरूले परिवारका नक्कली सदस्य, आफन्त, आफ्ना कुरा सुनिदिने मानिस वा सामाजिक समारोहमा सँगै जाने साथी भाडामा लिने गर्थे। विवाहमा सँगै जाने साथी चाहियोस् या ब्रेकअपपछिको पीडा सुनिदिने मानिस, जापानमा त्यसका लागि छुट्टै एजेन्सीहरू कार्यरत थिए।

वर्षौंसम्म यो सेवा जापानी सहरी संस्कृतिको एउटा सानो हिस्साका रूपमा सीमित थियो। तर, युट्युब र इन्स्टाग्रामजस्ता सोसल मिडियाको विस्तारसँगै भ्रमणसम्बन्धी कन्टेन्ट बनाउने इन्फ्लुएन्सरहरूले 'रेन्टल ब्वाइफ्रेन्ड' का बारेमा भिडियोहरू बनाउन थाले। उनीहरूले यसलाई सामाजिक सेवाका रूपमा भन्दा पनि एउटा नयाँ र रोमाञ्चक 'ट्राभल एक्सपिरियन्स' का रूपमा प्रस्तुत गरेपछि यो ट्रेन्ड विश्वभर लोकप्रिय बन्न पुग्यो।

विश्वभर फैलिएको यो ट्रेन्डले छिटै भारतमा पनि प्रवेश पायो। भारतमा जापानी मोडललाई हुबहु नअपनाइए पनि सामाजिक सञ्जाल, अनलाइन मार्केटप्लेस र साथी उपलब्ध गराउने विभिन्न प्लेटफर्महरूमार्फत यो लोकप्रिय भइरहेको छ।

सामाजिक सञ्जालमा थुप्रै यस्ता ग्रुपहरू र युवाहरू छन्, जसले आफूलाई घुमफिर, इभेन्ट वा सामान्य साथीका रूपमा 'रेन्टल ब्वाइफ्रेन्ड' को रूपमा प्रचार गर्छन्। यस्ता ग्रुपहरू स्थानीय वर्गीकृत विज्ञापन झैँ काम गर्छन्, जहाँ मानिसहरूले आफ्नो तस्वीर, सहर, उपलब्धता र शुल्कसम्बन्धी विवरण पोस्ट गर्छन्। साथै, केही वेबसाइटहरूले पनि निश्चित अवसरका लागि ब्वाइफ्रेन्ड भाडामा उपलब्ध गराउने काम गरिरहेका छन्।

विभिन्न कामका लागि तोकिएको शुल्क 
घुमफिर गर्न : १,५०० रुपैयाँ प्रतिघण्टा
क्लबिङ जान: २,००० रुपैयाँ प्रतिघण्टा
सिनेमा हेर्न : २,००० रुपैयाँ प्रतिघण्टा
सपिङ गर्न : २,००० रुपैयाँ प्रतिघण्टा

मेडिकल सहयोग/अस्पताल जान: २,००० रुपैयाँ प्रतिघण्टा

किन मन पराउँदैछन् मानिसहरू?

यो सेवामा 'रेन्टल ब्वाइफ्रेन्ड' का रूपमा काम गर्ने अधिकतर व्यक्तिहरू कलेजका विद्यार्थी वा युवा पेसेवरहरू छन्, जो थप आम्दानीको खोजीमा हुन्छन्। यसबाहेक केही मानिसहरू सोसल मिडिया कन्टेन्टका लागि वा नयाँ अनुभव लिन पनि यसको प्रयोग गर्छन्। 

त्यस्तै, सहरको व्यस्त र एक्लो जीवनमा केही समयका लागि भए पनि निस्वार्थ र सुरक्षित साथ खोज्नेहरूका लागि यो सेवा एक विकल्प बनिरहेको छ।

salt training

कमेन्ट गर्नुहोस्