
काठमाडौं, २ माघ — फ्रुट डेजर्टमा पौष्टिकताका सबै गुण उपलब्ध हुन्छन् । फललाई नियमित आहारमा संलग्न गर्दा तपाईं स्वस्थ रहनुहुन्छ । हामी यहाँ फ्रुट कस्टर्ड बनाउने विधि सिकाउँदैछौं । खाना खाएपछि डेजर्टका रूपमा यसलाई सर्भ गर्न सकिन्छ । यो बनाउने सहज विधि जान्नुस् ।
सामग्री
कस्टर्ड पाउडर १०० ग्राम
दूध २५० मिलिलिटर
चिनी २०० ग्राम
अनार १५० ग्राम
अंगुर ३०० ग्राम
कालो अंगुर ३०० ग्राम
केरा १७० ग्राम
स्याउ १३० ग्राम
विधि
एउटा भाँडोमा कस्टर्ड पाउडर र दूध हालेर मज्जाले मिसाउनुस् । मिसाउँदा डल्लो नपरोस् है ।
अब एक प्यानमा दूध र चिनी हालेर उमाल्नुस् अनि त्यसमा अघि बनाएको कस्टर्ड पाउडरको पेस्ट हालेर गाढा हुञ्जेल मिसाउनुस् ।
अब यसलाई एउटा भाँडोमा राखेर फ्रीजमा एक घन्टासम्म चिसो हुन छोडिदिनुस् ।
त्यसमा छोडाएको अनि काटेको अनार, अंगुर, कालो अंगुर, केरा र स्याउ हालेर मिसाउनुस् ।
फ्रुट कस्टर्ड तयार भयो । अब पस्किनुस् ।
एजेन्सी